आजको मौसमः बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं – तीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।

आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश प्रदेशको थोरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया