नेपालमा प्रसारण भइरहेका ७० भारतीय टीभी च्यानल बन्द


काठमाडौं – नेपालमा प्रसारण भइरहेका ७० वटा विदेशी टीभी च्यानलहरू बन्द भएका छन् ।

विदेशी टेलिभिजन च्यानललाई रोयल्टी भुक्तानीका लागि सरकारले सटही सुविधा नदिँदा भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी, जी र कलर्सले नेपालमा प्रसारण बन्द गरेका हुन् ।

यी चार नेटवर्कको प्याकेजमा नेपालमा करिब ७० वटा टीभी च्यानलहरू प्रसारण हुने गरेका छन् । बुधबार रातिदेखि ती च्यानलले नेपालको लाइन काटिदिएको हो ।

गत वर्षदेखि लागु गरेको आलाकार्ट प्रणाली लागु नगरेको भन्दै सरकारले विदेशी टेलिभिजन वितरकहरूलाई रोयल्टी भुक्तानीका लागि सटही सुविधा दिएको छैन ।

प्रतिक्रिया