
क्यानका डिजी अधिकारीको बोल्ड निर्णय, थाइ एयर एसियालाई भैरहवाबाट ४ उडानको अनुमति
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाइ एयर एसियालाई भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ ।
थाइ एयर एसियाले ७ वटा उडानको अनुमति मागेकोमा ४ वटा भैरहवा र ३ वटा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति दिइएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उक्त निर्णय आज मात्रै भएको उनले बताए ।
हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सले हप्ताको एउटा मात्रै उडान गरिरहेकोमा क्यानका महानिर्देशक डिजी प्रदीप अधिकारीको बोल्ड निर्णयले अब अन्य अन्तर्राष्ट्रिय उडान हुने बताइएको छ ।
हाल नेपाल एयरलाइन्सले भैरहवाबाट बैंककसम्म उडान गर्दै आएको छ ।



कागजपत्र |
