आज राति आंशिक बन्द हुनेछ नेपाल टेलिकमको सेवा


काठमाडौं- आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो । उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ ।

 

प्रतिक्रिया