काँग्रेसले बस्नेतलाई बनायो सार्वजनिक लेखा समिति सदस्य


काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसले सार्वजनिक लेखा समिति सदस्यमा पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई पठाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले बस्नेतलाई सार्वजनिक लेखा समितिमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बस्नेतलाई सार्वजनिक लेखा समिति सदस्यमा स्थानान्तरण गरिएको हो ।

त्यस्तै, काँग्रेस सांसद सीता गुरुङलाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट पूर्वाधार विकास समितिमा पठाइएको छ ।

सार्वजनिक लेखा समितिमा काँग्रेसबाट अर्जुननरसिंह केसी, दीपक गिरी, देवप्रसाद तिमलसेना, मञ्जु खाँण, राजेन्द्र केसी, रामकृष्ण यादव, श्याम घिमिरे र सञ्जय गौतम सदस्य छन् ।

प्रतिक्रिया