ग्लोबल टी-२०: पहिलो पटक ब्याटिङ्ग गर्दै रोहितले बनाए २५ बलमा १० रन


काठमाडौं – क्यानडामा भइरहेको ग्लोबल टी-२० मा पहिलो पटक ब्याटिङ्ग गर्ने मौका पाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले २५ बलमा १० रन जोडेका छन् ।

उनी आवद्ध टोली टोरन्टो नेसनलबाट ब्याटिङ्गका लागि पाँचौ क्रममा आएका रोहितले २५ बलमा बिना बाउन्ड्रि १० रन जोड्दै क्याच आउट भएका थिए ।

टोरन्टो नेसनल टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो ।

ब्याटिङ्‍का लागि मैदानमा उत्रिएको सर्रे जगुअर्स निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन जोड्यो।

जवाफी ब्याटिङ्‍ गर्दै टोरन्टोले १७.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८१ रनमात्र जोड्न सक्यो ।

 

 

प्रतिक्रिया