आसराङ प्रहरी चौकीमा पस्यो खहरे खोला


ललितपुर – ललितपुरको बागमती गाउँपालिका–६ स्थित आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । शनिबार राति पानि परेपछि आएको खहरे खोला चौकीमा पसेको हो ।

पहिरोले ह्युम पाइप पुरिएपछि लिकुनी खहरे खोला चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

चौकीभित्रै खहेर पस्दा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

चौकीमा बाढी पसेपछि राति १२ बजेबाटै लत्ताकपडा, र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया