झण्डे डाँडाबाट मोटरसाइकल खस्दा छोरीको मृत्यु, बुवाआमा घाइते


विराटनगर- मोरङको मिक्लाजुङ गाउँपालिका–१ झण्डे डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।

रमिते–टाँडी सडक खण्डमा दुर्घटना हुँदा बेलबारी नगरपालिका–१ घर भएकी १३ वर्षीया सुस्मिता धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

शनिबार दिउँसो ३ बजेतिर रमितेबाट उर्लाबारीतर्फ जाँदै गरेको बा २७ प १८३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर  दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी सुस्मिताकाे उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारी मृत्यु भएकाे थियाे ।

दुर्घटनामा मोटरसाइकल चालक सुस्मिताका बुवा ३७ वर्षीय सुनील धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएका छन्  ।

सामान्य अवस्थाका दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल सडकबाट लगभग ७० मिटरजति तल झरेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया