भारतकाे श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ मजदुरको उद्धार


काठमाडाैं- भारतको जम्मु कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका  २८ मजदुरको उद्धार गरिएको छ । सिरहाका २१ र धनुषाका ७ जना पुरुष मजदुरलाई भारतबाट उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो ।

उद्धारका लागि भारत गएको मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोलीले शुक्रबार उनीहरूलाई नेपाल फर्काएको हो । उनीहरूलाई आजै दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका अनुसार बिचौलियामार्फत रोजगारीका लागि भनेर भारत पुगेका उनीहरू पााच महिनादेखि नै परिवारसागको सम्पर्कमा थिएनन् ।

आफन्त र पीडित मजदुरको सूचनाका आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारका लागि तदारुकता देखाएसागै उनीहरूको उद्धार गरिएको हो ।

 

प्रतिक्रिया