मौद्रिक नीति भोलि आउँदै


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउन तयारी पूरा गरेको छ ।

अर्थतन्त्रको दिशा कता जाने भन्ने विषयमा बजेटलाई चलायमान बनाउन मौद्रिक नीतिले भूमिका खेल्ने भएकाले निजी क्षेत्रले चासोका साथ हेरिरहेको छ ।अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेपनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो ।

गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा. युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति १ हप्ता पछाडि टेलिएको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक पास गर्न भोलि बिहान ८ बजे सञ्चालन समितिको बैठक बोलाइएको छ ।

प्रतिक्रिया