निर्मला पन्त हत्याको ६ वर्ष पूरा, अलमलमै प्रहरी, ‘निरन्तर अनुसन्धान गरिँदै’


काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पुरा भएको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

पटकपटक हत्या नजिक पुगिसकेको दाबी गर्ने नेपाल प्रहरीमा अधिकारीहरु कञ्चनपुर वा सुदूरपश्चिमबाट सरुवा भएसँगै थप पहल भएन नत हत्यारा नै सार्वजनिक भए । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ ।

प्रहरीले निरन्तर रुपमा अनुसन्धान रहेको बताए पनि उपलब्धि भने हात लागेको छैन । सिआईबी पनि अनुसन्धानमै सीमित रह्यो ।

घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने विश्वास प्रहरीले लिएको छ ।

६ वर्ष पुगेको स्मृति गर्दै आजसम्म पनि निर्मलाका परिवारजनले गरी आफूहरुलाई न्यायको माग गरिरहेका छन् ।

प्रतिक्रिया