३ महिनाअघि जापानमा पढ्न गएका बैतडीका जनक उतै अस्ताए
बैतडी- जापानमा अध्ययन गर्दै आएका बैतडीका जनकको नुहाउनेक्रममा मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउने क्रममा मृत्यु भएको हो।
अध्ययनका लागि करिब ३ महिना अघिमात्रै अवस्थी जापान गएकाे आफन्तले बताएका छन् । जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा मृत्यु भएको हो ।