
बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको पूर्वसन्ध्यामा विरोध
ढाका – बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका विषयलाई लिएर केही मानिसहरुले विरोध सुरु गरेका छन् ।
मोदी यही मार्च २६ तारिखदेखि बंगलादेशको भ्रमण गर्दैछन्। उनको भ्रमणपूर्व नै त्यहाँ केही मानिसले विरोध सुरु गरेका हुन्। तर, बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले शनिबार यो विरोधबाट चिन्तित हुनुनपर्ने बताएका छन्।
उनले भने, ‘बंगलादेश लोकतान्त्रिक मुलुक भएकाले यहाँ अभिव्यक्ति स्वतन्त्रता छ। सानो समूहका मानिसले विरोध गरे पनि अधिकांश जनता यसको समर्थनमा छन्।’



कागजपत्र |
