सई कार्की भए असार महिनाकै उत्कृष्ट प्रहरी


भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब निरीक्षक (सई) कपिल कार्की असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी वृत्त जगाती दरबन्दी भई जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत सई कार्कीले असार महिनामा उत्कृष्ट कर्मचारी घोषित भएका हुन् । उनले असार महिनामा ६२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा दाखिला गरेका थिए ।

प्रतिक्रिया