मनसुन सुरु भएयता १ हजार ५९२ विपदका घटना, १३० जनाको मृत्यु


काठमाडाैं- गृह मन्त्रालयले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएका जानकारी दिएको छ । मंगलबार प्रतिनिधि सभामा जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले घटनामा १३० जनाको मृत्यु, १४४ जना घाइते भएको जानकारी दिए ।उनले ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको पनि जानकारी दिए ।

गृहमन्त्री लेखकले ४८ जना वेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलव्ध गराउने निर्णय भएको जानकारी दिए । घाइते १४४ जना मध्ये ५ उपचाररत रहेको र बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।

यसबर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको, ४३ पुल र २ सरकारी भवन भत्किएको लेखकले जानकारी दिए । विपदबाट ४ हजार ४ परिवार विस्थापित भएको र जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ ।

प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको मन्त्री लेखकले बताए ।

 

 

प्रतिक्रिया