अनौठो रोगले चार दिदीबहिनी बिरामी, उपचार गराउँदासमेत पत्ता लागेन रोग


इलाम – अनौठो रोगका कारण इलाममा एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् ।

होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् ।

नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छन् । ‘उपचारका लागि इलाम अस्पताल, झापाहुँदै काठमाडौँसम्म लगियो बिराम केही पत्ता लागेन’, आमा उमाले गहभरी आँशु पार्दै भनिन्, ‘बुढेसकालका साहारा छोरी नै यसरी बिरामी भएपछि कसरी बाँचु ।’

घरमा रोगले छोरीलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारका लागी लगेका छन् । उपचार गराउँदासमेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै छन् । सबै एकैपटक बिरामी हुँदा थाम्नसमेत मुस्किल पर्ने भएको छ । यथार्थमा के हो भन्ने कुरा पत्ता नलाग्दा समस्या जटिल बनेको वडाध्यक्ष टेकवीर नेम्वाङले बताए ।

प्रतिक्रिया