दार्चुला: एसइई ग्रेडवृद्धि परीक्षा केन्द्र मार्मामा पनि थप, जिल्लाभर ५ केन्द्र


दार्चुला – एसइई ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलाको मार्मा गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएको छ । यसअघि जिल्लाभरी मार्माबाहेक ५ ओटा परीक्षा केन्द्र कायम गरिएकोमा बर्खाको समयमा विद्यार्थीको समस्यालाई ध्यानमा राख्दै मार्मा गाउँपालिकामा पनि परीक्षा केन्द्र कायम गरिएको हो ।

दार्चुलामा महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुले, लेकम गाउँपालिकाको लटिनाथ मावि चन्दनपुर चौपाता र मार्मा गाउँपालिको लटिनाथ मावि रस्कोट गरी ५ ओटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए । यसअघि महेन्द्र नमुना मावि खलंगामा क र ख केन्द्र तोकिएका थिए । मार्मा गाउँपालिकामा थप भएसँगै महेन्द्र नमुना माविमा एउटा केन्द्र मात्रै राखिएको छ ।

सबै विषयमा ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था भएपछि जिल्ला सदरमुकाममा विद्यार्थीको चाप बढ्ने भएकाले भूगोल समेट्ने गरी जिल्लाभरी ५ केन्द्र कायम गरिएको उनले बताए । जिल्लाका ७६ माध्यमिक विद्यालयबाट साधारणतर्फ १ हजार ९८४ र प्राविधिक धारतर्फ ७७ जना गरी २ हजार ६१ विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।

महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगा परीक्षा केन्द्रमा शंकरपुर मावि पस्ती, हिमालय मावि हुती, सरस्वती मावि उँकु, मालिकार्जुन नमुना मावि धाप (प्राविधिक विद्यार्थी), गणेश विनायक मावि सिप्टी गौरिलमाडौँ मावि हिकिला, खण्डेश्वरी मावि क्षेत्ती (प्राविधिक विद्यार्थी), मालिकार्जुन मावि मड, सम्पाल मावि सुन्सेरा, कृष्ण मावि डाडाँकोट र जनविकास मावि बारबाँज (प्राविधिक विद्यार्थी) रहेका छन् ।

यस्तै केदारेश्वरी मावि सुण्डमुण्ड, लटिनाथ मावि खार, राष्ट्रिय मावि ठिङ, धारीपाटा मावि धारी, खान मावि ऐरिछाना, दुर्गास्थान मावि स्याँकु, निलपातेश्वर मावि भर्तोला, भुमिराज मावि इयरकोट, सरस्वती मावि सेलिचामा, गरडा मावि बाँकु, हुनैनाथ मावि औतालेक चन्दनपुर, सिद्ध मावि सिना, बसन्तपुर मावि बसेडी, डिन्सी मावि डिन्सी, गौरीशंकर मावि नागु, गणेश मावि सिमली र समैजी मावि सौकेबगड गरी ३० विद्यालय रहेका छन् ।

त्यस्तै गोकुलेश्वर मावि गोकुले परीक्षा केन्द्रमा १४ विद्यालयका ४ सय ६७ जना विद्यार्थीले परीक्षा दिनेछन् । गोकुलेश्वर मावि गोकुले परीक्षा केन्द्रमा गोकुलेश्वर मावि गोकुले, कृष्ण मावि बलाँच, गलैनाथ मावि झरकाँडा, सत्यप्रकाश मावि देथला, मालिकार्जुन मावि काँडापारी, मालिकार्जुन मावि मिलिमिली, बद्रिनाथ मावि बोहरीगाउँ र मालिकार्जुन मावि आगर, लटिनाथ मावि बस्कोट, हुनैनाथ मावि देवथली, चौलानी ईङ्गलिस बोर्डिङ स्कुल गोकुले, पशुपति मावि भवन ग्वानी, लटिनाथ मावि तल्चोरा र भुमिराज मावि तौकी रहेका छन् ।

लटिनाथ मावि रस्कोट मार्मा परीक्षा केन्द्रमा ११ विद्यालयका ३ सय ६४ विद्यार्थीले परीक्षा दिनेछन् । यहाँ लटिनाथ मावि रस्कोट, खण्डेश्वरी मावि क्षे त्ती, तपोवन मावि पडपडा, अपिपथ प्रदर्शक मावि शेरी, दुर्गेश्वरी मावि घोल्जर र महादेव मावि घुषा, सल्लेधार मावि मुरै, शिवलिंग मावि पथ्थरकाँडा, छिपुलकेदार मावि धंक, भवानी मावि सौगन्ना र दुर्गेश्वरी मावि ताकु रहेका छन् ।

मालिकार्जुन नमुना मावि धाप परीक्षा केन्द्रमा १३ विद्यालयका २ सय ४४ विद्यार्थीले परीक्षा दिनेछन् । मालिकार्जुुन नमुना मावि धाप परीक्षा केन्द्रमा महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, हुष्कर मावि काँटै, राष्ट्रिय मावि दत्तु, छन्नातिंकरी कन्या मावि खलंगा, अल्कापुरी मावि कोटकौतली, गडिभवन मावि थाप्ला, महेन्द्र मावि खुला, मालिकार्जुन मावि निसिल, हिमालय मावि धौकोट, हुनैनाथ मावि बाँज, दार्चुला पब्लिक स्कुल दार्चुला र पशुपति शिक्षा मन्दिर खलंगा रहेका छन् ।

त्यसैगरि लटिनाथ मावि चन्दनपुर चौपाता परीक्षा केन्द्रमा १० विद्यालयका २ सय ४४ विद्यार्थीले परीक्षा दिनेछन् । लटिनाथ मावि चन्दनपुर चौपाता परीक्षा केन्द्रमा हुनैनाथ मावि रातामाटा, हुनैनाथ मावि कुणी, लटिनाथ मावि चन्दनपुर चौपाता, कृष्ण मावि लाली, गल्लाकेदार मावि खरकडा, मालिकार्जुन मावि तेलिगाँउ, केदारनाथ मावि धरमघर, बडिपुर मावि सर्मोली, गणेश मावि गणागाउँ र ऐडिबाग मावि मैखोली रहेका छन् ।

माध्यमिक शिक्षा परीक्षा एसइईको पूरक अर्थात ग्रेडवृद्धि परीक्षा यहि साउन २३ गतेदेखि सुरु हुनेछन् ।

प्रतिक्रिया