आफैँ डुबानमा पर्यो महानगर, राष्ट्रिय सभागृह जलमग्न
काठमाडाैं- बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको छ । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ ।
बुधवार राति भएको वर्षाका कारण सभागृह डुवानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफएम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुवानमा परेको छ ।
केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । त्यसबेला मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए ।