उपसभामुख रानाले पाइनन् अमेरिका जाने भिषा


काठमाडौं — संघीय संसद्की उपसभामुख इन्दिरा रानालाई अमेरिकी सरकाले भिषा दिन अस्वीकार गरेको छ ।

उपसभामुख रानाले आफू लगायत ६ जना युवाको नाम राखेर काठमाडौस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएकी थिइन् । तर,अमेरिकाले उनीसहित कसैलाई पनि भिसा दिन अस्वीकार गर्यो ।

राज्यबाट भिआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउने प्रचलन रहेको छ तर उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधै आँफै पत्र लेखेर भिसाका लागि आवेदन दिएको दाबी गरिएको छ ।

उपसभामुखसहित भिषा आवेदन दिएका ६ युवा केका लागि अमेरिका जान लागेका थिए र ती को हुन् खुल्न सकेको छैन ।

यसअघि एनआरएनए युकेको निमन्त्रणामा गत मार्च २ तारिख लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।

प्रतिक्रिया