मोहन बैद्य नेतृत्वको पार्टी फुट्यो


काठमाडौं – मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फुटेको छ ।

मंगलबार पार्टीका सह-संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले एक विज्ञप्ति निकाल्दै पार्टी फुटेको संकेत दिएका छन् ।

सह-संयोजक बाँस्तोलाले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरुको तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद एकता सफल हुन नसकेको आरोप लगाएका छन्। समय र विषयको संवेदनशिलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका उनले बताए ।

सह-संयोजक कञ्चनले एकता तत्काल सफल नभएपनि पछि सम्भव हुने बताउँदै अनावश्यक तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया