नेपालसँग सीमा जोडिएको विहार विधानसभा मतदान सुरु : के मोदीको हिन्दुत्वले धक्का खानेछ ?


काठमाडौं– कोरोना भाइरस महामारीबीच नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको विधानसभा मतदान बुधबारदेखि सुरु भएको छ । तीन चरणमा मतदान हुनेछ ।  

भारतीय प्रधानमन्त्री तथा उनको दल भारतीय जनता पार्टीको हिन्दुत्वको नारा यस मतदानका क्रममा प्रभावकारी होला या नहोला भन्ने धेरैले चासोपूर्वक हेरेका छन् ।

पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको छ। ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

दोस्रो चरणको मतदान ३ नोभेम्बरमा र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुने निर्वाचन तालिका छ । निर्वाचनको नतिजा १० नोभेम्बरमा सार्वजनिक हुने छ ।

पहिलो चरणको निर्वाचनमा राष्ट्रिय जनता दल (राजद)ले सबैभन्दा धेरै ४२ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी लोक जनशक्ति पार्टी (लोजपा) ले ४१, राष्ट्रिय लोक समता पार्टी (रालोसपा) ४०, भारतीय जनता पार्टी (भाजपा) २९ सिटमा चुनाव लडेका छन् । भाजपाको सहयोगी एवम् नितिश कुमार नेतृत्वको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिटमा चुनाव लडेको छ ।

३५ सिटमा कांग्रेस र ८ सिटमा कम्युनिस्टका उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया