अर्जुनरसिंह केसीको प्रस्ताव– सरकारको नेतृत्व म गर्छु


काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दुई नेतामध्ये एकले कांग्रेसबाट सरकारमा नेतृत्व नगरे आफैले नेतृत्व गर्ने प्रस्ताव गरेका छन् ।

नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बसेको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

केसीले डा. शेखर कोइराला वा महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

शेखर वा गगन कांग्रेसबाट नेतृत्व गरेर नजाने भए आफूलाई पठाउन केसीले बैठकमा प्रस्ताव गरे ।

प्रतिक्रिया