ओलीसँग पुरानै मन्त्रालय माग्दै जसपा


काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अशोक राइ नेतृत्वको जसपाले पुरानै मन्त्रालयको माग गरेको छ ।

यस अगाडि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धनमा सरकारमा सामेल रहेको राइ नेतृत्वको जसपाले स्वास्थ्य, जनसंख्या र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएको थियो ।

नयाँ बन्दै गरेको ओली नेतृत्वको सरकारमा पनि जसपाले आफूले पहिला नै पाएको मन्त्रालयमा आफ्नो दाबी गरिरहेको छ ।

जसपा एक नेताका अनुसार ओलीसँग अहिले पुरानै मन्त्रालयको बारेमा छलफल चलिरहेको छ।

प्रतिक्रिया