मुकेश अम्बानी पुत्रको बिहेमा गएका ‘भिआइपी’ पाहुनालाई २ करोडको घडी उपहार !


काठमाडाैं- एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको विवाह राधिका मर्चेन्टसँग भएको छ। शुक्रबार दुवैले सात फेरा लिइसकेका छन् ।

मुकेश अम्बानीको भव्य विवाह समारोहमा भारत र विदेशका पाहुनाहरू सहभागी भए पनि शुभ आशीर्वाद समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत वरिष्ठ नेता र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले अनन्त र राधिका मर्चेन्टलाई आशीर्वाद दिएका थिए ।

यसैबीच, अम्बानीका भिआइपी अतिथि र अनन्त अम्बानीका विशेष साथीहरूले विवाहको विशेष उपहार पाएका छन् ।  जसको मूल्य करिब २ करोड रुपैयाँ रहेकाे छ ।

अम्बानी परिवारको यो भव्य विवाह समारोहमा देश र विश्वका ठूला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अनन्त अम्बानी साथीहरूको सूचीमा धेरै नामहरू सामेल थिए । उनीहरूले डान्स र गीत गाएर  उत्सवमा थप आकर्षण थपेका थिए । जसमा मीजान जाफरी, शिखर धवन र हार्दिक पाण्ड्यादेखि वीर पहाडियासम्म रहेका थिए । अनन्त अम्बानीले आफ्ना नजिकका साथीहरूलाई विशेष उपहारको रूपमा लक्जरी ब्रान्ड Audemard Piguet को घडीहरू दिएका छन् । उपहार पाउनेमा अभिनेता शाहरुख खान र रनविर सिंह पनि रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती लग्जरी घडीहरू अम्बानीको विवाहमा उपस्थित सबै भिआइपी अतिथिहरूलाई उपहारस्वरूप दिइएको छ । तिनीहरूको बजार मूल्य करिब १.५ करोडदेखि २ करोड रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया