४६ वर्षपछि खुल्दैछ पुरी जगन्नाथ मन्दिरको प्राचिन भण्डार, अलर्टमा सर्प विज्ञ


काठमाडाैं- भारतको उडिसा राज्यको तटवर्ती शहर पुरीमा रहेको जगन्नाथ मन्दिरकाे भण्डार खाेलिने भएकाे छ ।  ओडिशा सरकारले ४६ वर्षपछि आज फेरि जगन्नाथ मन्दिरकाे भण्डार खोल्ने भएको हाे ।

भण्डारखाेलिएपछि त्यहाँ रहेका गहना र अन्य बहुमूल्य वस्तुहरूको सूची तयार गरिनेछ । कानूनमन्त्री पृथ्वीराज हरिचन्दनले विश्वभर बसोबास गर्ने भगवान जगन्नाथका भक्तहरु लामो समयदेखि यही क्षणको प्रतीक्षामा रहेको बताएका छन् । उनका अनुसार गहनाको गुणस्तर जाँच गरिने र मूल्यवान वस्तुहरूको तौल गरिनेछ । एजेन्सीका अनुसार  भण्डारको मूल्यवान वस्तुको सूची अनुगमन गर्न प्रदेश सरकारले समिति गठन गरेको छ ।

भण्डार भित्र त्यहाँ सर्प हुनसक्ने भन्दै  मेडिकल टिम पनि अलर्टमा रहेकाे छ । मन्दिरमा सर्प विज्ञहरु तयार छन् ।  मन्दिर परिसरमा मेटल डिटेक्टरसहित प्रहरीको गाडी र सर्प हेल्पलाइन टोली तैनाथ गरिएको छ ।

मन्दिरको रत्न भण्डारको भित्री भागको ताला खोल्ने तयारी भइरहेको छ । गहना राख्न ठूला ट्रंक बक्सहरू ल्याइएको छ । मन्दिरमा  एसपी पिनाक मिश्र प्रहरी बलसहित पुगेका छन् ।

 

प्रतिक्रिया