
फर्पिङको थाई गुम्बाको पर्खाल भत्किँदा ५ जना घाइते, १ जनाको मृत्यु
काठमाडौं – दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको पर्खाल भत्किँदा ५ जना घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाहरुको उद्दार गरिएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो ३ बजेर ५० मिनेटमा पर्खाल भत्किदा ६ जना नाबालिकाहरु पुरिएका थिए । तत्कालै इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्दार गरेको थियो ।
उद्धार गरिएका मध्ये ५ जनाको बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ भने एक जनाको दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनामा दक्षिणकालीमा उपचार गर्ने क्रममा ५ वर्षीय पल्जोम तामाङको उपचार कै क्रममा १६ः५७ बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।
त्यसबाहेक घाइते हुनेमा पासाङ डोल्मा तामाङ, स्याङबो शेर्पा, सुनिता तामाङ, ममता तामाङ र मन कुमारी तामाङको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।



कागजपत्र |
