
कञ्चनपुरको चौधर नदीमा बेपत्ता चौधरीको शव महाकालीमा भेटियो
कञ्चनपुर– कञ्चनपुरको बेलडाँडीस्थित चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका युवकको शव महाकाली नदीमा फेला परेको छ ।
असार २३ गते बेलडाडी गाउँपालिका–३ वैवाह बस्ने २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए ।
बेपत्ता चौधरीको स्थानीयहरुले खोजी गर्ने क्रममा ५ दिनपछि महाकाली नदीको किनारमा शव फेला परेको बेलडाडी –३ का अध्यक्ष दुर्गा चौधरीले बताए ।



कागजपत्र |
