प्रधानमन्त्री प्रचण्डले आजै बालुवाटार छाड्ने


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निजी निवास खुमलटार सर्ने भएका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि सरकारी निवास बालुवाटार खाली गरिदिने भएका हुन् ।

उनी प्रतिनिधिसभा संसदबाटै खुमलटार जार्ने जनाइएको छ ।

यसअघि एमालेसहितका दलले प्रचण्डसरकारलाई समर्थन फिर्ता लिएपछि अघिल्लो सातादेखि खुमलटार सरसफाई गरिँदै आएको थियो । खुमलटारस्थित साङपाङ चोक नजिकै रहेको निर्माण व्यवसायी शारदा अधिकारीको घरमा प्रचण्ड २०७४ सालदेखि बस्दै आएका थिए ।

प्रधानमन्त्री प्रचण्ड परिवार २०७९ पुसदेखि सरकारी निवास बालुवाटार बस्दै आएको थियो ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।

प्रतिक्रिया