ओलीलाई सुरक्षा दिन सुरक्षा निकाय ‘स्ट्याण्डबाई’


काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने सम्भावनासँगै सुरक्षा निकाय ‘स्ट्याण्डबाई’ राखिएको छ । चारवटै सुरक्षा निकायले आफ्नो टोली ‘स्ट्याण्डबाई’ राखेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन् ।

तर उनले विश्वासको मत नपाउने निश्चितजस्तै छ । यस्तोमा काँग्रेस–एमाले सहमतीअनुसार ओली प्रधानमन्त्री बन्नेछन् ।

सशस्त्र र नेपाल प्रहरीका दुई उच्च अधिकृतले भने,‘अहिले नै सुरक्षा बढाएका छैनौं । तर तयारी अवस्थामा बसेका छौं ।’

प्रतिक्रिया