यी हुन् सिमलताल पहिरोमा परेको एञ्जल डिलक्समा रहेका यात्रुहरू (नामसहित)


काठमाडौं — मुग्लिन—नारायणगढ सडक खण्डको भरतपुर–१९ सिमलतालमा पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ ।

वीरगंजको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडीधनी, चालक, सहचालक बाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये ७ भारतीय पनि थिए ।

बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ ।

१. सवारी धनीः राजेन्द्र केसी

२. चालकः नगवाका जवाहिर महतो

३. सहचालक, चौधरी थरका

यात्रुहरु २१ जना

१. अन्सारीजी

२. अरविन्द दुवे

३. सन्तोष (मकालु सैलुन)

४. सुरेन्द्र साह (फलफूल)

५. आवीन्दजी

६. हरिन्द्र पण्डित

७. सुनिल

८. शेहनबाज आलम

९. प्रकाश (पिप्रा)

१०. प्रमानन्द

११. हृदय नारायण राउतसहित ३ जना

१२. सलिम मिया र उनका पत्नी जैनबर खातुन (काठमाडौँमा उपचारका लागि हिँडेका)

१३. रैजुल आलमसहित २ जना

बसमा मुसर्वाबाट ७ भारतीय चढेको पनि उल्लेख छ ।

प्रतिक्रिया