मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्णरुपमा अवरुद्ध


काठमाडौं–  अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएकोे पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रहरीले सडकको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया