प्रधानमन्त्रीबाट हट्ने भएपछि खुमलटारको प्रचण्ड निवास सरसफाई गरिँदै


काठमाडौं – प्रधानमन्त्री बन्नुअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको खुमलटारस्थित निवासको सरसफाई सुरु गरिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री प्रचण्डले सरकार नेतृत्वको समर्थन गुमाइसकेको र विश्वासको मत पनि पाउन नसक्ने अवस्था देखिएसँगै खुमलटारस्थित निवास सरसफाई सुरु गरिएको हो ।

१८ महिना अघि प्रधानमन्त्री बनेसँगै सपरिवार बालुवाटार सरेपछि खाली रहेको खुमलटारस्थित निवास खाली नै रहेको अवस्थामा प्रचण्ड बालुवाटारबाट बाहिरिनु पर्ने घटनाक्रम विकास भएसँगै सरसफाई गरिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत ‘फेस’ गर्ने र विश्वासको मत नपाएमा शनिबारसम्म खुमलटार सर्ने पनि जनाइएको छ ।

प्रधानमन्त्री दाहाल परिवार २०७४ सालमा छोरा प्रकाश दाहालको असामयिक निधनपछि ललितपुरको रिङरोडमा रहेको चापागाउँ दोबाटोबाट दक्षिण पूर्वतर्फ खुमलटारस्थित साङपाङ चोक नजिकै रहेको भाडाको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया