ताप्लेजुङमा घर भत्किँदा बालकसहित ६ जना घाइते


ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते भएका छन् । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको हप्पुखोलामा मङ्गलवार खेतमा काम गरेर खाजा (नास्ता) खान बसेको घर अचानक भत्किँदा एक बालकसहित छ जना घाइते भएका हुन् ।

ढुङ्गा, माटो र फुस (खर) को छाना भएको दुई तले घर भत्किँदा घाइते हुनेमा स्थानीय ४३ वर्षीय खड्गबहादुर बानियाँ र उनकी श्रीमती ३८ वर्षीया जानुका बानियाँ रहेका छन्।  यस्तै स्थानीय ३० वर्षीया सुविना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विक र १० वर्षीय रोहित विक घाइते भएकाे ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

घाइतेमध्ये खेमराज अधिकारीको अवस्था गम्भीर रहेको र उनलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न झापातर्फ लगिएको छ। बाँकी घाइते पाँच जनाको पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया