पहिरोले घर पुरिँदा पोखरामा एकजनाको मृत्यु


कास्की– कास्कीको पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२७ सहेलापाटामा रहेको मनबहादुर थापाको ब्लकले बनेको घर पहिरोले पुरिँदा उनका २२ वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । पोखरामा निरन्तर वर्षा भइरहेको छ ।

प्रतिक्रिया