सहकारी पीडितसँग आज छलफल गर्दै संसदीय छानबिन समिति


काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितसँग छलफल गर्ने भएको छ ।

समितिले छलफलका लागि २९ वटै सहकारीसहित अन्य सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएको छ ।

समितिको मंगलबारको बैठकले पीडितसँग आज छलफल गर्ने तय गरेको थियो ।

अहिले बिहान ११ बजे सिंहदरबारस्थित संसदको सार्वजानिक लेखा समितिको हलमा बस्ने बैठकमा पीडितसँग छलफल गरेर समस्याको खोजी र समाधानका उपायबारे समिति केन्द्रित हुनेछ ।

३ महिनाको समय पाएको छानबिन समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो ।

प्रतिक्रिया