अब छोराछोरीले कमाईको १० प्रतिशत रकम बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने


काठमाडौं – छोराछोरीले आफ्नो कमाईको १० प्रतिशत रकम बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था लागु भएको छ ।

सरकारले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) नियमावलीमार्फत सन्तान वा हकवालाले मासिक रूपमा आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयार पारेको संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो ।

अब छोराछोरीले आम्दानीको १० प्रतिशत रकम आमाबाबुको बैंक खातामा जम्मा गर्नुपर्ने छ ।

नियमावलीमा न्यूनतम मासिक पारिश्रमिक भन्दा कम आम्दानी भएको व्यक्तिलाई भने यो व्यवस्था बाध्यकारी नहुने उल्लेख छ ।

यसबाहेक आर्य आर्जनबाट खान, लाउन, आधारभूत औषधि उपचार गर्न तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न सक्ने जेष्ठ नागरिकको खातामा पनि रकम जमा गर्नु नपर्ने उल्लेख छ ।

यो नियमन स्थानीय तहले गर्नेछन् ।

बाबु आमा छुट्टाछुट्टै रहेको अवस्थामा पनि आफूले पालनपोषण तथा हेरचाह गर्नुपर्ने बाबु वा आमाको खातामा रकम जम्मा गर्नुपर्नेछ ।

सांकेतिक तस्बिर

प्रतिक्रिया