२ संसदीय समितिको बैठक बस्दै


काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सोमबार बस्दैछ।

अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको विषयमा गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक दिउँसो २ बजे बस्नेछ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय महत्त्वका अभिलेखको व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची छ।

प्रतिक्रिया