मधेश सरकारमा जाने ४ मन्त्रीको नाम काँग्रेसले टुङ्ग्यायो


काठमाडौँ – नेपाली काँग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । काँग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो ।

रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुङ्गो लगाएको सांसद जनार्दन सिंह क्षेत्रीले जानकारी दिए ।

काँग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् । प्रदेश सभामा काँग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।

प्रतिक्रिया