भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर विभत्स हत्या


काठमाडौँ – भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर छ ।

सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् ।

घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ मध्य एक जना  इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् । मृत्यु हुने अरू ३ जनाको परिचय खुल्न बाँकी छ ।

४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ ।

प्रतिक्रिया