काभ्रेको रोशीमा खोलाले बगाएर दुई जनाको मृत्यु


काठमाडौं – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार साँझ ७ बजेको समयमा उक्त खोला तर्ने क्रममा सोही ठाउँका ६५ वर्षीय जालमाया रुवाल मगर र अन्दाजी ५ वर्षकी सोतिमाया रुजाल मगरको मृत्यु भएको हो ।

उनीहरूको शव ९ सय मिट तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा टोली खटिएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्र डुबानमा पर्न थालेका छन् । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न नदीमा पानीको सतह बढेको छ । प्रशासनले सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

प्रतिक्रिया