तनहुँमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता


पोखरा – तनहुँमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् ।

शुक्लागण्डकी नगरपालिका ७ काउरेकी हिरा नेपाली र सुनमाया कुमालको घरको सामान सार्ने क्रममा आएको पहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षका श्याम भण्डारी छन् । पहिरोमा ४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया