बेचन झालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौँ – जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६२ वर्षीय बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिएको थियो ।

झालाई नेपाल प्रहरीको टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

प्रतिक्रिया