तस्करीको सुन लक्की ज्वेलर्सले किनेको सीआईबीको निष्कर्ष


काठमाडौं – न्यूरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेला पारेको छ ।

सुन तस्करी अनुसन्धानका क्रममा सीआईबीले काठमाडौं महानरपालिका–२२ न्यूरोड क्षेत्रमा रहेको भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाडको सुन रिफाइनरी कोठाबाट केही कागजात बरामद गरेको थियो । जहाँ लक्की ज्वेलर्सको नामको बिल प्याडसमेत भेटिएको थियो ।

उक्त बिल प्याडअनुसार २९ पुस २०७९ मा १२१.५५ किलो, ११ असोज २०७९ मा १७७.४१९ किलो, १२ असोज २०७९ मा १८.३६० किलो र ६ पुस २०७९ मा १३.७२ किलो गरी ३३१.०४९ किलो तस्करीको सुन लक्की ज्वलेर्सले किनेको देखिएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

सिद्धनाथको रिफाइनरी हाउसबाट उक्त कागजात बरामद भएदेखि लक्कीका मेनेजर मुकुन्दकुमार ठाकुर फरार छन् । सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दामा लक्कीका मेनेजर मुकुन्दलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया