सँगै नुहाउन गएका ३ बालिकाको पोखरीमा डुबेर मृत्यु


जनकपुरधाम- धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो सवा १२ बजेतिर जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वाकि ११ वर्षीय मुस्कान खातुन,१ ० वर्षीय अजमेरी खातुन र ९ वर्षीय जिन्नत खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन आवाले जानकारी दिए ।

पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको उनले बताए ।

 

प्रतिक्रिया