अर्जेन्टिनाको ओलम्पिक टोलीमा परेनन् मेसी


काठमाडाैं- यही जुलाईको अन्तिमदेखि फ्रान्समा शुरु हुने पेरिस ओलम्पिकको अर्जेन्टिनी फुटबल टिममा स्टार खेलाडी लियोनल मेसी परेका छैनन् ।

मुख्य प्रशिक्षक जेभिएर माशेरानो घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार जना खेलाडी छन् । जसमा स्ट्राइकर जुलियन अल्भारेज र निकोलस ओटामेन्डी समावेश छन् ।

अहिले कोपा अमेरिका फुटबल खेलिरहेका ३७ वर्षीय मेसीलाई चोट लागेका कारण टिममा उनी नपरेकाे बताइएकाे छ ।

 

प्रतिक्रिया