बढ्यो खाने नुनको मूल्य, कति पुग्यो त ?


काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ ।

साल्ट ट्रेडिङको सञ्चालक समितिको आज (मंगलबारं) को निर्णयअनुसार नुनको मूल्यवृद्धि गरिएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए ।

मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी उपभोक्ताले न्यु शक्ति नुन प्रतिकिलो २० रुपैयाँमा किन्नुपर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।

साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत राजभण्डारीले नुनको मूल्य समायोजन भन्दै प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरेका छन् ।

प्रतिक्रिया