एसिया कप खेल्ने नेपाली टीमको घोषणा


काठमाडौं – आउँदो जुलाईमा हुने एसीसी महिला एसिया कपका खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । नेपालले पहिलो खेल जुलाई १९ मा युएई, जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग खेल्नेछ ।

नेपाली टोली: इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट ।

प्रतिक्रिया