विष्णु पौडेल सवार बुद्ध एयरको जहाज ‘ओभरसुट’


काठमाडौं- बुधबार बिहान भैरहवाका लागि उडान गरेको बुद्ध एयरको जहाज मौसमी प्रतिकूलताका कारण ‘ओभरसुट’ गरिएको छ ।

प्रतिकूल मौसमका कारण भैरहवा विमानस्थलमा अवतरण गर्न नसकेपछि जहाज ‘ओभरसुट’ गरिएकाे थियाे ।

जहाजका पांग्रा समेत खोलिसकेको अवस्थामा अत्यधिक वर्षातका कारण अवतरण गर्न नसकेपछि ओभरसुट गरिएको थियो ।  जहाज बिहान ८:१६ बजे भैरहवाका लागि उडेको थियो । तर,  डाइभर्ट गरेर जहाज सवा ९ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

जहाजमा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाललगायत थिए । आयोगका सदस्य फुँयाल टोलीसहित विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योग लगायतको अनुगमनका लागि गएका थिए ।

उडान संख्या ८५१ नम्बरको फ्लाइट डाइभर्ट गर्नुपरेका कारण यात्रुलाई काठमाडौं‌बाट अर्को जहाजमा १२:२९  भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया