इजरायलले माग्यो ८ सय कामदार [सूचनासहित]


काठमाडौं- इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको छ ।

वैदेशिक रोजगारले आज सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो ।

इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ। योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ । ८ सय जना माग भएको मध्ये ५ सयजना मुख्य उम्मेदवार हुनेछन् । त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने छ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन्।

प्रतिक्रिया