नगरसभामा ३ दलका जनप्रतिनिधिले पोखे मेयर बालेनप्रति असन्तुष्टि


काठमाडौं- काठमाडौं महानगरपालिकाको नगरसभामा तीन दलका जनप्रतिनिधिले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय सभागृहमा भइरहेको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका जनप्रतिनिधिले मेयरको फेसबुक स्टाटसप्रति असन्तुष्टि जनाएका हुन् ।

एमालेबाट निर्वाचित महानगरपालिका वडा-३२ का अध्यक्ष नवराज पराजुलीले बालेन शाहको स्टाटसप्रति विरोध गरेका छन् ।  ‘मेयर सापले जुन ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो भनेर स्टाटस राख्नुभएको छ,त्यसप्रति दु:ख व्यक्त गर्दछु, के हामी निरंकुश नै हो ? उनले प्रश्न गरे ।

त्यस्तै, एकीकृत समाजवादीबाट निर्वाचित  वडा-१५ का अध्यक्ष ईश्वरमान डंगोलले स्टाटसप्रति भ आक्रोश पोखे। ‘घरमा सुत्न सकिन,हामीले के बिगारौँ, के लेनदेन गरौँ ?’  उनले भने ।  नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नविन मानन्धरले दुई वर्षसम्म मिलेर काम गर्दा पनि आरोपित गरेको गुनासो गरे ।

असार २ गते कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरी हलबाट बाहिरिएपछि शाहले नगरसभामा नेपाली कांग्रेस र एमालेको धङधङी बोकेर नआउन आग्रह गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका थिए।

प्रतिक्रिया